बिधेयक

  • Post author:
  • Post last modified:January 10, 2023
  • Post comments:0 Comments

राजनीति देश र जनताको भलाईको लागि हुनुपथ्र्याे तर हालको राजनीतिले समाजमा अपराध र अपराधीलाई संरक्षण दिनु बाहेक केही पनि गर्न नसकेको अवस्था छ । राजनीति स्वक्ष र परधीशपरधी हुन नसकेको कारण राष्ट्रिय राजनीति पनि जातीगत आधारमा केन्द्रित हुन थालेको छ । जून जातको बाहुल्यता छ र जून जातीलाई सदियौंदेखि कथित उपल्लो जात मानियो त्यही जातीले राजनीतिबाट फाइदा लिए र जनताहरुलाई भ–याङ्ग बनाउने काम मात्र भयो । कतिले त विकासको नाममा पनि राजनीतिलाई प्रयोग गरे । विकास भन्ने चिज आफै स्वतः हुने कुरा हो । एउटा बच्चा जन्मेपछि आफै जवान हुने, बृद्ध हुने अन्तमा मर्ने हो । एउटा बोट रोपेपछि स्वतः बृद्धि विकास हुने हो भन्ने कुरा जनताले बुझन सकेको छैन । जनताले यस्ता कुराहरु समयमा नै बुझ्न नसकेको कारणले गर्दा भ–याङ्ग बन्न पुगेको अवस्था छ । गाउँघरमा अहिले झोले कार्यकर्ताहरुले पनि सोझासाझा जनताको घरघरमा पुगेर आफ्नै दाई भाई, आमा बुवा, छोराछोरी समेतबीच द्धवन्द फैलाउने भड्काउने, मुद्दामामिलाको लागि उक्साउने अनि जस्तै सुकै बलात्कार जस्ता फौजदारी मुद्दालाई पनि झोलेहरुले मिलापत्र गराई दिने जस्ता अपराधिक कार्य गर्ने गराउने गरेको पाइएको छ । भोट माग्ने र सहयोग गरिदिने बहानामा जनताहरुको घरमा पुग्ने छोरी चेलीहरुलाई आँखा लाउने, सके बलात्कार गर्ने, नसके बैदेशिक रोजगारीमा गएका सोझा साझा जनताका पत्नीहरुलाई आफ्नै पत्नी बनाई अनैतिक सम्बन्ध राख्ने जस्ता क्रियाकलाप ती झोलेहरुको लागि सामान्य घट्ना भैसकेको अवस्था छ । यी यस्ता क्रियाकलापमा संलग्न झोलेहरुले सके आफै नसके भारतबाट गुन्डा बोलाई आम जनताका छोराछोरी र बालबालिकालाई अपहरण गरी फिरौती माग्ने, नसके ज्यान मार्न पनि पछाडी पर्दैनन् । त्यस्ताहरुलाई बचाउनका लागि हाल राष्ट्रपति सामु पेश भएका बिधेयक हो । यसले अपराधलाई राजनीतिकरण गर्छ । समाजमा दन्डहिन्ता बढ्छ । परिणाम स्वरुप निमुखा जनताहरु पुनः मारमा पर्छ । भ–याङ्गको भ–याङ्ग नै भएर बस्न बाध्य हुन्छ

Leave a Reply